९ पुस २०८२, बुधबार | December 25, 2025

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने



काठमाडौं । माओवादीको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी ओलीले मागे अनुसार मार्ग प्रसस्त नगर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने निर्णय गर्दै बिश्वासको मत मागेर अघि बढ्ने निर्णय गरेको हो।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा राखेपछि बैठकले सोही अनुरुप निर्णय गरेको उनले बताए । दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने उनले बताए ।

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा पदाधिकारीको बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताबाट आएपनि प्रचण्डले विश्वासको मतको सामना गर्ने धारणा राखेपछि बैठकबाट सोही अनुसार निर्णय भएको बताइएको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ४४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना