९ पुस २०८२, बुधबार | December 25, 2025

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले



काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ ।

एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।

ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफुहरुले पाएपछि मात्र यो कदम चालेको बताएका छन् ।

उनले भने- ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।’

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडी बढेको बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ४८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना