२० श्रावण २०८३, बुधबार | August 5, 2026

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सिर्जना गरी अराजकता फैलाउने उद्देश्यले कपोलकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचाप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।”

अपराध अनुसन्धानसम्बन्धी प्रगति विवरण तथा व्यक्ति पक्राउ सम्बन्धमा भएगरेका सूचना यस ब्युरोले नेपाल प्रहरीले अवलम्बन गरेको मिडिया नीतिको अधीनमा रही सूचना अधिकारीमार्फत सूचना प्रेषित हुँदै आइरहेको जानकारी गराएको छ । सिआइबीले भनेको छ, “कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहीन समाचार प्रसारण तथा प्रकाशन नगरिदिनु हुन ब्युरो सम्पूर्ण सञ्चारकर्मीमा अनुरोध गर्दछ ।”

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : १४ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर