१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

तेह्रथुममा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ



तेह्रथुम । आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो ।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : २७ बजे

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा