११ पुस २०८२, शुक्रबार | December 26, 2025

तेह्रथुममा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ



तेह्रथुम । आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो ।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : २७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’