२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक हजार जनाले लिए एन्जियोप्लाष्टी सेवा



बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् ।

अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो । ०७४ बैशाख १३ गते सुनवलका रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरेर सेवा सुरु गरेकोमा ०८० असार २० गते समरीमाई गाउंपालिकाका तोरी पेलीको एन्जियोप्लाष्टी गरे संगै अस्पतालबाट १ हजार जनाले एन्जियोप्लाष्टी सेवा लिएका हुन ।

अस्पतालका अध्यक्ष एजाज आलमले विरामीको विश्वास र अस्पतालको व्यवहारकै कारण अस्पतालमा सवैको विश्वास बढ्दै गएको बताए ।

विगतका बर्षमा एन्जियोप्लाष्टी गर्नकै लागि काठमाडौं जानुपर्ने बाध्यता रहेको र कतिपय अवस्थामा विरामीको बाटोमै मृत्यु हुने गरेको भन्दै मुटु अस्पतालले सुरु गरेको एन्जियोप्लाष्टी सेवाबाट धेरै लाभाम्बित भएको बताए ।

एन्जियोप्लाष्टी गर्नुपर्ने विरामीको संख्या बढ्नु दुःखद् भएपनि विरामी भएपछि दिने सेवामा मुटु अस्पतालको विश्वास बढ्दै गएको उनको भनाई छ । उनले सिमित श्रोत र साधनको प्रयोगबाट सांघुरो क्षेत्रबाट सेवा प्रदान गर्नुपरेको बताउदै अस्पतालको जग्गा प्राप्ती प्रक्रियामै रहेको र जग्गा प्राप्त पछि विशिष्टकृत सेवा थप गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।

अस्पतालका निर्देशक डा. समिर गौतमले मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्ने जस्ता सेवाहरु थप गर्ने योजनामा अस्पताल रहेको बताए ।

अस्पतालको आफ्नै भवन भएपछि उक्त सेवाहरु थप हुने उनंको भनाई छ ।साथै उहांले रोग लाग्नबाट बचाउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय स्तरमा चेकजांच गर्ने गरेको बताए । डा. गौतमले हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ०० बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम