१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले महाधिवेशनबाट प्राप्त वैचारिक दृष्टिकोणले कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण र पुनःगठनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीले नयाँ कार्यसमिति ९३ जनाको बनाएको छ । महाधिवेशनले १९ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : २१ बजे

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा