२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त



जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।

मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।

पदमुक्त गर्नु अघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिने घोषणा गरिसकेका थिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : ०९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ