३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष



काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताएका छन् । ओली प्रति लक्षित गर्दै उनले ओलीको नाम जोडिएको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्- ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।’

बालेनले ३० बर्षसम्म भोटको राजनिती गरेको आरोप लगाउदै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाएको भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्- ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १५ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि