१ पुस २०८२, मंगलबार | December 16, 2025

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस-एमालेको माग



धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन् । आइतवार कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो ।

केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ । कांग्रेस-एमालेको विज्ञप्तिमा भनिएको छ- ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ । बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।’

एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ३५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको