२० मंसिर २०८२, शनिबार | December 6, 2025

मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर: नयाँ पर्यटकीय गन्तव्य बन्दै



हेटौंडा । धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ । यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ ।

यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण मकवानपुर लटारम्मेश्वरलाई पर्यटकहरूले नयाँ गन्तव्य बनाउन थालेका छन् । समुद्री सतहबाट १८५६ मिटर उचाइमा रहेको यो मन्दिरबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई मुग्ध पारेको छ ।

यहाँको धार्मिक महत्वबारे एउटा रोचक किंवदन्ती छ । माथिल्लो यज्ञकुण्डमा महादेव त्रिलोक भ्रमण गरिरहँदा उनकी पत्नी सतीदेवीको लट्टा खसेको थियो। त्यही कारणले यो क्षेत्र ‘लटारम’ नामले चिनिन्छ । हरेक वर्ष माघे सङ्क्रान्ति र वैशाख १ गतेका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको पैदल हिँडाइपछि डब्लु डाँडाको थुम्कोमा महादेवको मन्दिर पुग्न सकिन्छ । त्यहाँबाट आकर्षक गणेश हिमाल र प्राकृतिक सुन्दरताको दिव्य दृश्य अवलोकन गर्न सकिन्छ ।

डब्लु डाँडालाई बादलले ढाकिरहन्छ र छिनैमा बादल फाटेर नयाँ दृश्यहरू देखापर्छन् । सिरसिरे हावाले लहरिंदा बोटविरुवाका पातहरू नाच्ने गर्छन् । यी अनौठा प्राकृतिक दृश्यहरूले पर्यटकलाई अलौकिक अनुभूति प्रदान गर्छन् । काठमाडौंबाट मात्र २ घण्टा र हेटौँडाबाट १ घण्टामा पुग्न सकिने भीमफेदी इपाबाट २ घण्टा पैदल चढ्दा लटारम्मेश्वरको दर्शन गर्न सकिन्छ । व्यस्त शहरी जीवनबाट अलग्गिएर प्राकृतिक सौन्दर्य र धार्मिक शान्तिको अनुभव लिन चाहनेहरूका लागि यो स्थान उपयुक्त छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : ५३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले