२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने



काठमाडौ । एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ ।

बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले यस्तो योजना ल्याएको जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्ष भन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले साधारण ब्याज रकममा क्रमशः १५ र २५ प्रतिशत छुट पाउनेछन् । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले