६ श्रावण २०८३, बुधबार | July 22, 2026

रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहारगरी युवकको हत्या, चार जना पक्राउ



रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ ।

ईशनाथ-९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ को सहबाज मिया आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

ईशनाथ २ औरेयास्थित गेट अगाडी आंपको बगैंचामा युवक घाईते अवस्थामा देखेर गएराती साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमाण्डमा ७ जनाको संयुक्त टोलि ९ बजेर ३८ मिनेटमा घट्ना स्थलमा पुग्दा युवकको मृत्यु भईसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले वताएका छन् ।

जघन्य किसिमले युवकको हत्याको प्रकृति हेरेर गरिएको खबर अनुसार रातिनै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो ।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा चारजना लाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन् । पक्राउ परेका चारैजना मृतकका साथिहुन र उनीहरू लागुऔषध प्रयोगकर्ताको जस्तो देखिएकाले मृतक पनि प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतीय सीमामा संग जोडिएको रौतहटका गाउँहरुमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ ।

गरीब तथा बिप्पन परिवारका आमा बाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेट देखि गाँजा समेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन । लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा वृद्धि भएको जानकारहरुले बताएका छन ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : ३९ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन