१५ भदौ २०८३, सोमबार | September 1, 2026

संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्ति



काठमाडौं । संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमिस्टरका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

यहाँ अध्ययनरत दुई विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन गरुञ्जेलको शुल्क बराबर रु ३७ हजार रकम छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ लोकगायक बमबहादुर कार्कीले जानकारी दिए । मङ्गलबार छात्रवृत्ति रकमको चेक त्रिवि संस्कृति विभाग प्रमुख डा महेशकुमार आचार्यलाई हस्तान्तरण गरिएको पनि उनले बताए । छात्रवृत्ति संस्कृति विषयमा स्नातक तहमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण भएका प्रमिला बोहरा र श्यामकुमार बोहरालाई प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष कार्कीले सांस्कृतिक कर्मलाई त्रिविको संस्कृति विषयका प्राज्ञिक कर्मसँग जोड्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

विभागीय प्रमुख डा आचार्यले समाजको अनुहार मानिने संस्कृति विषय पठनपाठनमा छात्रवृत्तिले थप आकर्षण बढाउने बताए । उनका अनुसार विभागअन्तर्गत हाल ४० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब ५० जनाले विद्यावारिधि गरिरहेका छन् । विभागले अहिले स्नातकोत्तर तहका उत्कृष्ट शोधार्थीलाई बालकृष्ण रिजाल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : १३ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,