१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

चिप्लिएको जहाज हटाउन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उडान बन्द



भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्धएयरको जहाज हटाउन नसक्दा बिमानस्थलबाट आज बिहान हुने कुनैपनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा बिमानस्थलबाट उडान हुन नसकेको हो ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो ।

गएराती नै बुद्ध एयरको १५ जनाको प्राविधिक टोली आएर जहाज हटाएर मरमत गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । आज बिहानै देखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४३ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक