१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सोही साँझ धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले एमाले र कांग्रेसका १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको शपथग्रहण कार्यक्रम सोमबार बिहान ११ बजेका लागि तोकेको छ ।

ओली चौंथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बनेका ओली नयाँ संविधान बनेपछि पहिलो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियतमा २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए ।

यस्तै, तत्कालिन नेकपा विभाजनपछि २०७८ बैशाख ३० गते ओली संसदको ठूलो दलको हैसितमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार अल्पमतको प्रधानमन्त्री बनेका थिए ।

सर्वोच्च अदालतले ओली सरकारलाई बर्खास्त गर्दै संविधानको धारा ७६ को उपाधारा ५ अनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएसँगै ओली २०७८ साल असार २८ गते पदमुक्त भएका थिए ।

 

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : २० बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक