१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कुवामा डुबेर दिदीबहिनीको मृत्यु



स्याङ्जा । स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू भएको प्रहरी प्रवक्ता रानाले बताए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०४ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक