७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण



काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्।

शितल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताए ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई