३ पुस २०८२, बिहिबार | December 18, 2025

सोमालियामा रेस्टुरेन्टमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु



सोमालिया । सोमालियाको राजधानी मोगादिशुको रेस्टुरेन्ट (क्याफे) मा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको सुरक्षा स्रोतले सोमबार बताएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।

विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए ।

उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।

आइतबार सहरको केन्द्रमा रहेको रेस्टुरेन्टमा विस्फोट हुँदा रातको आकाशमा ठुलो आगोको लप्को र धुवाँको मुस्लो उडिरहेको अनलाइनमा पोस्ट गरिएका तस्बिरमा देखिन्छ ।

विस्फोट भएको केही मिनेटपछि घटनास्थलमा पुगेका प्रहरी अधिकारी मोहम्मद सलादीले भग्नावशेषमा धेरै शव फेला परेको बताए । घटनामा भवन बाहिर सडक क्षेत्रमा गाडी चलाइरहेका सवारी चालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए । रेस्टुरेन्टभित्र चार जनाको मृत्यु भएको र तीमध्ये केहीलाई भग्नावशेष मुनिबाट निकालिएको उनले बताए ।

कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित सोमाली राष्ट्रिय समाचार संस्थाले अल-कायदासँग सम्बन्धित अल-सबाब जिहादी समूहले आक्रमण गरेको सङ्केत गरेको छ ।

सोमालियाको कमजोर सङ्घीय सरकारविरुद्ध अल-शबाबल १७ वर्षभन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ । यसै क्रममा मोगादिशु र देशका अन्य ठाउँमा थुप्रै स्थानमा उक्त समूहले बम विस्फोट गराएको छ ।

प्रत्यक्षदर्शीले विस्फोटपछि आतङ्क र अराजकताका दृश्यहरू वर्णन गर्दै मानिसहरू सुरक्षाको लागि हतारिँदा क्याफेको मुख्य प्रवेशद्वार पूर्णरूपमा आगोले जलेको बताए ।

“म रेस्टुरेन्टभित्र फुटबल खेल हेरिरहेको बेला ठुलो विस्फोटको आवाज सुनेँ, रेस्टुरेन्टको अगाडिको भागमा धुवाँ, धुलोसहित आगो लागेको थियो र हामी आतङ्कित भयौँ,” मुक्तरले भने ।

अन्य धेरै व्यक्तिहरू मुख्य प्रवेशद्वारतिर हतारिँदै गएको तथा यो दुर्गम क्षेत्र भएकाले ‘रगत बगिरहेका र चिच्याइरहेका’ घाइतेलाई तत्काल उपचार सेवा प्रबाह गर्न नसकिएको उनले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ५१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल