३० चैत्र २०८२, सोमबार | April 13, 2026

सोमालियामा रेस्टुरेन्टमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु



सोमालिया । सोमालियाको राजधानी मोगादिशुको रेस्टुरेन्ट (क्याफे) मा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको सुरक्षा स्रोतले सोमबार बताएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।

विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए ।

उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।

आइतबार सहरको केन्द्रमा रहेको रेस्टुरेन्टमा विस्फोट हुँदा रातको आकाशमा ठुलो आगोको लप्को र धुवाँको मुस्लो उडिरहेको अनलाइनमा पोस्ट गरिएका तस्बिरमा देखिन्छ ।

विस्फोट भएको केही मिनेटपछि घटनास्थलमा पुगेका प्रहरी अधिकारी मोहम्मद सलादीले भग्नावशेषमा धेरै शव फेला परेको बताए । घटनामा भवन बाहिर सडक क्षेत्रमा गाडी चलाइरहेका सवारी चालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए । रेस्टुरेन्टभित्र चार जनाको मृत्यु भएको र तीमध्ये केहीलाई भग्नावशेष मुनिबाट निकालिएको उनले बताए ।

कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित सोमाली राष्ट्रिय समाचार संस्थाले अल-कायदासँग सम्बन्धित अल-सबाब जिहादी समूहले आक्रमण गरेको सङ्केत गरेको छ ।

सोमालियाको कमजोर सङ्घीय सरकारविरुद्ध अल-शबाबल १७ वर्षभन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ । यसै क्रममा मोगादिशु र देशका अन्य ठाउँमा थुप्रै स्थानमा उक्त समूहले बम विस्फोट गराएको छ ।

प्रत्यक्षदर्शीले विस्फोटपछि आतङ्क र अराजकताका दृश्यहरू वर्णन गर्दै मानिसहरू सुरक्षाको लागि हतारिँदा क्याफेको मुख्य प्रवेशद्वार पूर्णरूपमा आगोले जलेको बताए ।

“म रेस्टुरेन्टभित्र फुटबल खेल हेरिरहेको बेला ठुलो विस्फोटको आवाज सुनेँ, रेस्टुरेन्टको अगाडिको भागमा धुवाँ, धुलोसहित आगो लागेको थियो र हामी आतङ्कित भयौँ,” मुक्तरले भने ।

अन्य धेरै व्यक्तिहरू मुख्य प्रवेशद्वारतिर हतारिँदै गएको तथा यो दुर्गम क्षेत्र भएकाले ‘रगत बगिरहेका र चिच्याइरहेका’ घाइतेलाई तत्काल उपचार सेवा प्रबाह गर्न नसकिएको उनले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ५१ बजे

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो