१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

‘कण्डक्टर’ले बस चलाउँदा…



झापा । झापाको कनकाई नगरपालिका-२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमबार बेलुका कनकाई-२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् ।

उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक इलाम माई नगरपालिका-८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका-२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका-६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ३८ बजे

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको