१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालगन्जमा मोहरम लक्षित कडा सुरक्षा



नेपालगन्ज । मुस्लिम समुदायको मोहरमपर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले नेपालगन्ज आसपासमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ट्राफिक नियम उल्लङ्घनगरी मोटरसाइकल र स्कुटर चलाउनेमाथि निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले भारतबाट आवजावत गर्ने सवारीसाधनको जाँच गरिएको र केही समयका लागि संवेदनशील क्षेत्रलाई निगरानीमा राखिएको बताए । चाडपर्वका समयमा उच्छृङ्खल व्यवहार नगर्न र घरेलु हतियार लिएर नहिँड्न सार्वजनिक अनुरोध गरिनुका साथै हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल, स्कुटर चलाउनेविरुद्ध विशेष अभियान चलाइएको प्रजिअ रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शान्तिसुरक्षाका लागि ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहरमपर्वलाई लक्षितगरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत निगरानी भइरहेको बताए ।

गएको तीन दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल र स्कुटर चालक एक सय २३ जना कारबाहीमा परेका छन् । वडा प्रहरी कार्यालयका अनुसार बुधबार मोहरमपर्व समापन भइसकेपछि आवश्यक जरिवाना लिएर ती नियन्त्रणमा रहेका सवारीसाधन चालकलाई फिर्ता गरिने जनाइएको छ ।

मोहरमपर्व चलिरहेका बेला नेपालगन्ज ११ टाँगा स्टेशन नजिक मोटरसाइकल र स्कुटरमा आएका व्यक्तिले धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या गरेपछि प्रहरी प्रशासनले मोटरसाइकल र स्कुटरमा विशेष निगरानी बढाउनुका साथै घरेलु हतियार नबोक्न सूचना निकालेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गरेर मोहरमपर्वका बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिनाकाम राति हिँडेको, रडलगायत घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्रगतिमा तथा नियमविपरीत चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले