१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बाढीपहिरो अपडेट : अहिलेसम्म १२४ जनाको मृत्यु



काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ८ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १८ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ७ सय २ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : २० बजे

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक विदाको सरकारी सूची (सूचीसहित)

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदाको सूची

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१