१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा



बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो ।

स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उदेश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताए । उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए ।

‘हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्- उनले भने- क्यान्टिन अब छिटै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

उनले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताए । ‘बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं, उनले भने-बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।’ उनले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए। उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताए ।

बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन् ।

स्नानगृहमा मौसमअनुसार चिसो-तातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : १३ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको