७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोइलाबास भन्सार कार्यालयले लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन



दाङ । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको रु दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको रु छ सय राजस्व लिने गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि रु एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ३७ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ