२३ चैत्र २०८२, सोमबार | April 6, 2026

दुर्गा नेपालको मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक (भिडियोसहित)



बुटवल । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीजका गीतहरु घन्कन थालेका छन् । त्यसै क्रममा रुपन्देहीको बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीज गीत सम्बन्धी बनेको म्यूजिक भिडियो ‘खोली तिरैमा’ शुक्रबार सार्वजनिक भएको छ ।

उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसाबले पनि निकै महत्व राख्ने बताइन् । कला र संस्कृति भनेको देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नुपर्ने र सबैको साथ सहयोग हुनुपर्ने उनले बताइन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रीय पार्षद हरिष ढकाल, मीना ढकाल लगायतले बोल्दै स्थानीय रुपमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जर्गेनामा सहयोग गर्ने भन्दै उदाउँदा कलाकारहरुको हौसला बढाउनुपर्ने बताए ।

म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शब्द संगीत अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : १९ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको