६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुर्गा नेपालको मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक (भिडियोसहित)



बुटवल । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीजका गीतहरु घन्कन थालेका छन् । त्यसै क्रममा रुपन्देहीको बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीज गीत सम्बन्धी बनेको म्यूजिक भिडियो ‘खोली तिरैमा’ शुक्रबार सार्वजनिक भएको छ ।

उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसाबले पनि निकै महत्व राख्ने बताइन् । कला र संस्कृति भनेको देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नुपर्ने र सबैको साथ सहयोग हुनुपर्ने उनले बताइन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रीय पार्षद हरिष ढकाल, मीना ढकाल लगायतले बोल्दै स्थानीय रुपमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जर्गेनामा सहयोग गर्ने भन्दै उदाउँदा कलाकारहरुको हौसला बढाउनुपर्ने बताए ।

म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शब्द संगीत अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : १९ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा