२३ असार २०८३, मंगलबार | July 7, 2026

बाँकेमा गोली हानेर मारिएको चित्तलसहित एकजना सिकारी पक्राउ



नेपालगन्ज । बाँकेमा सिकार खेल्दा मारिएको चित्तल सहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम तौलको गोलि लागेर मरेको चित्तल सहित पक्राउ गरेको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फको निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै समूह वन्यजन्तुको सिकार गर्नलाई बसेका अन्य परार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।

“चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि निकुन्ज सुरक्षा गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भने, “गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।”

पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका अधिकृत साहले जानकारी दिए । उनले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : १८ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा