१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

साढे ५ लाख पर्यटकले भ्रमण गरे बुटवलको मणिमुकुन्द सेन उद्यान(फूलवारी)



बुटवल । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४९ हजार ३९४ पर्यटकले टिकट काटेर फूलबारी दर्शन गरेका हुन् । फूलवारीमा आएका पर्यटक मध्ये १० प्रतिशत भारतीय पर्यटनहरु छन् ।

फूलवारी उद्यान संचालक समितिले आज पत्रकार सम्मेलन गरेर गत आर्थिक वर्षमा फूलबारीले ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपैयाँ आम्दानी गरेको जानकारी दिएको छ । उद्यानका महासचिव युवराज घिमिरेले फूलबारीलाई बुटिक पार्कका रुपमा विकास गर्ने योजना अघि सारिएको बताए । ‘यसलाई अझै व्यवस्थित र पूर्वाधार थपेर जियोलोजिकल रिसर्च सेन्टरको रुपमा विकास गर्ने योजना छ,’ घिमिरेले भने, ‘पार्क हस्पिटालिटीको रुपमा विकास गर्दै फूलबारीलाई आगामी १५ वर्षमा बुटिक पार्कको रुपमा विकास हुनेछ ।’ उनका अनुसार दरबार संग्रहालय निर्माणको सुरुआत, नमुना मणिमुकुन्द सेन दरबार एवं संग्रहालय निर्माणको लागि सरकारसँग आवश्यक समन्व्य जारी राख्ने दीर्घकालीन योजना अघि सारिएको छ ।

उद्यानका अध्यक्ष माधव नेपालले पौडी पोखरी, सूचना केन्द्र विभिन्न सौन्दर्यकरणको योजना अघि सारिएको बताए । संघका पूर्वअध्यक्ष खेमप्रसाद लुइँटेलले अझै परिस्कृत गर्न सकेमा फूलबारीलाई विकास गर्न सकिने बताए ।

बुटवलमा दुई वटा पर्यटकीयक पूर्वाधार केवलकारहरु थपिएका छन् । एनिमल कर्नर विस्तार गर्ने र थप जनावर पनि थप गर्ने फूलबारीको योजना रहेको समितिले जानकारी दिएको छ । केबलकार चढ्न आउने पर्यटकलाई फूलबारी ल्याउन सकेमा अझै बुटवल गुन्जार हुन सक्ने अध्यक्ष नेपालले बताए । उनले फुलबारीको काखैमा रहेको जितगढी किल्लासँग पनि उद्यानलाई जोडेर विकास गर्न आवश्यक रहेको बताए ।

पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको यस पार्क पिकनिक, विवाह, भेटघाट र अन्य ऐतिहासिक सम्पदाहरु अवलोकन गर्ने थलो बनेको छ । पछिल्लो समय पिकनिक र विवाह जस्ता कार्यक्रम भने कम हुँदै गएका छन् । गएको वर्ष फूलबारीमा शिवालय मन्दिर निर्माण, भुइँमा ढुंगा लगाउने काम तथा गेट निर्माण, २७ हजार ५०० फूट दुवो रोपण, स्काई साइकल नजिक टायल, ट्रस्ट र काउन्टर निर्माण, बँदेल तथा अष्ट्रिचको खोर निर्माण, कुँडुले घर निर्माणलगायतका विभिन्न कामहरु भएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ३२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले