१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १७ औं वार्षिक साधारण सभा सम्पन्न



बुटवल । देशभरका पार्कहरूको विशिष्टिकरण गर्दै तिनलाई आकर्षक र अध्ययनयोग्य बनाउनेमा सरोकारवालाहरूले जोड दिएका छन् । सामरिक र ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १७ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले उद्यानहरूको पहिचान र विशिष्टिकरण गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा राखे ।

सोमबार सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ र समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले अतिक्रमणको चपेटामा रहेका ऐतिहासिक स्थलहरूलाई जोगाउने अभियानमा स्थानीय समुदायको भूमिकालाई प्रशंसा गर्दै मणिमुकुन्द सेन उद्यानको ऐतिहासिक र सामरिक महत्वलाई संरक्षण गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । उनले फुलबारी क्षेत्रको प्रचार-प्रसार र पर्यटन पूर्वाधारमा जोड दिन सुझाव दिए ।

समितिका संरक्षक तथा नगरप्रमुख पाण्डेयले उद्यानहरूको विकास, संरक्षण र व्यवस्थापनमा स्थानीय सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गरे । उनले समितिलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न कार्यविधि बनाएर अघि बढ्ने योजनाबारे जानकारी दिए ।

समितिका अध्यक्ष माधवप्रसाद नेपालले समितिले विगत वर्षमा दिगोपनाका आधार सुदृढ गर्न, प्रशासनिक दक्षता अभिवृद्धि गर्न, वैकल्पिक आम्दानीका स्रोत सिर्जना गर्न र समुदायसँगको साझेदारीलाई संस्थागत बनाउन उल्लेखनीय प्रगति हासिल गरेको बताए ।

उनका अनुसार मणिमुकुन्द सेन उद्यान धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्वको उत्कृष्ट उदाहरण हो । “यो केवल घुमफिरको स्थल मात्र नभई अध्ययन, चिन्तन र आत्मिक अनुभूतिको पवित्र स्थान हो,” उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्याल, राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेम लुईटेल, समितिका सल्लाहकार निर्मल जिसी र उपाध्यक्ष रमेश नेपाललगायतका वक्ताहरूले पनि पार्कहरूको विविधिकरण र दीगो व्यवस्थापनमा जोड दिए ।

समितिका अनुसार विगत एक वर्षमा मणिमुकुन्द सेन उद्यानमा ५ लाख ४७ हजार १९९ जना पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये ७४ हजार भारतीय र १७५ जना तेस्रो मुलुकका पर्यटक रहेका छन् । सो अवधिमा उद्यानले ४ करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ । समितिमा हाल ६०१ सदस्य आवद्ध छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ३९ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध