२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए



काठमाडौं । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ३६ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा