२९ भदौ २०८१, शनिबार | September 14, 2024

बंगलादेशमा रोकिएन लुटपाट, कैयौं प्रहरी चौकीमा आगलागी



काठमाडौं । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् ।

राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ ।

सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए ।

मंगलबार पनि प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने, आगलागी गर्ने र लुटपाट गर्ने क्रम रोकेका छैनन् ।

प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । कैयौं प्रहरी चौकीका हतियार समेत लुटिएको बताइएको छ ।

बंगलादेशको सेनाको अहिले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारीविरुद्ध आक्रामक नहुने र कुनै किसिमको जवाफी कारवाही नगर्ने रणनीति बनाएका कारण स्थिति शान्त हुन नसकको बताइएको छ । प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकार भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा समेत सेनाले हस्तक्षेप नगरेको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : १३ बजे

बागलङ जिप दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

बागलङ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा

लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको प्रक्रिया सुरु : संस्कृति, सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छौं – मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको पक्रिया सुरु

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध हुने भएको

अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले