२४ आश्विन २०८१, बिहिबार | October 10, 2024

बङ्गलादेशमा नयाँ प्रधान न्यायाधीशद्वारा सपथ ग्रहण, पुराना गार्ड हटाइयो



ढाका । बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिए ।

जमानले भने, “उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।”

अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भागेकी थिइन ।

हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उनका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ०२ बजे

हनुमानढोका दरबारका लागि गोरखाबाट फूलपातीसहितको डोली पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि

दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

भैरहवा । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार

दशैंको पूर्णिमामा जितगढीमा सराय नाँच प्रर्दशन गरिने

बुटवल । जितगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैँको पूर्णिमामा

रोजगारीका लागि भारत गएका दुई लाख नेपाली नेपालगन्ज नाकाबाट घर फर्किए

नेपालगन्ज । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौं । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट