११ पुस २०८२, शुक्रबार | December 26, 2025

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी



बेइजिङ । उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने चेतावनी अधिकारीले दिएका छन् । चीनले चरम मौसमको गर्मी सहन गरिरहेको छ, पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छभने उत्तरको धेरै भाग लगातार गर्मीको चपेटामा परेको छ ।

बेइजिङमा ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढीको चर्को तापक्रमपछि शहरका अधिकारीले बुधबार बाढी रोकथामको दोस्रो उच्च प्रतिक्रिया सुरु गरेका छन् ।

बुधबारदेखि बिहीबार साँझसम्म २४ घण्टाको अवधिमा करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको राजधानीका केही भागमा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने सहरका अधिकारी विच्याटमार्फत् जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वर्षाका कारण पर्वतीय धार, भूस्खलन र अन्य गौण विपत्ति आउन सक्ने बताइएको छ । शहरका अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै केही पर्यटकीय स्थलका साथै पर्वतीय तथा नदी किनारका होस्टलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन् ।

बेइजिङका बासिन्दालाई बाहिरी गतिविधि कम गर्न, पहाडी वा नदी किनारका क्षेत्रहरूबाट टाढा रहन र आश्रय स्थलहरूमा ध्यान दिन आग्रह गर्दै सन्देशहरू प्राप्त भएका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङलाई घेरेको र सात करोडभन्दा बढी मानिसको बसोबास रहेको छिमेकी हेबेई प्रान्तका अधिकारीहरूले पनि बाढीको चेतावनी दिएका छन् ।

चीनको ‘स्टेट फ्लड कन्ट्रोल एण्ड ड्राउट रिलिफ हेडक्वाटर’ले भारी वर्षाले प्राकृतिक विपत्ति निम्त्याउने उच्च जोखिम रहेको चेतावनी दिएको छ ।

पूर्वी झेजियाङ र फुजियान प्रान्तमा बिहीबार ठूलो आँधी आउने अनुमान गरिएको छ । अधिकारीहरूले आँधीका लागि खतराको सूचना जारी गरेका छन् र फुजियानले बिहीबारका लागि सबै रेल सेवाहरू स्थगित गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै तटीय क्षेत्रमा चारदेखि छ मिटरसम्म अग्लो छाल देखिन सक्ने जनाएका छन् । गाएमीका कारण स्वशासित ताइवानका अधिकारीहरूलाई विद्यालय बन्द गर्न र आँधीबेहरीको बिदा घोषणा गर्न अधिकारीहरूले सुझाएका छन् ।

यसअघि, उत्तरी र दक्षिणपश्चिम चीनमा आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । गत मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भत्किँदा ४८ जनाको मृत्यु भएको थियो ।

चीन विश्वकै सबैभन्दा ठूलोमध्येको हरितगृह ग्याँस उत्सर्जक देश हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ०५ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’