११ पुस २०८२, शुक्रबार | December 26, 2025

जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।

रुकुम-पश्चिम र रुकुम-पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाका लागि सरकारले तय गरेको पहिलो र दोस्रो किस्ताको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ । यसगैरी तत्कालीन सशस्त्र द्वन्द्वका समयका विभिन्न घटनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व्राज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुमपूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम-पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ३२ बजे

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल