७ आश्विन २०८३, बुधबार | September 23, 2026

जेनजी आन्दोलन दमन प्रकरणमा गठित छानबिन आयोगविरुद्धको रिट खारेज, सर्वोच्चद्वारा आयोगलाई वैधानिकता पुष्टि



काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएको आगजनी घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज गर्ने फैसला सुनाउँदै आयोग गठनलाई वैधानिक ठहर गरेको हो ।

न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले अधिवक्ता विपिन ढकालद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै सरकारद्वारा गठित आयोग कानुनी प्रक्रिया अनुसार नै बनेको निष्कर्ष निकालेको हो । यससँगै आयोगको वैधानिकतामाथि उठेका सबै प्रश्नहरू टुंगिएको सर्वोच्चले स्पष्ट पारेको छ ।

यसअघि उक्त मुद्दामा न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो । सोही आदेशपछि सरकार र सम्बन्धित निकायको तर्फबाट लिखित जवाफ पेश गरिएको थियो ।

पूर्ण इजलासले फैसलासँगै आयोगलाई निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित भएर काम गर्न निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । अदालतले आयोगले अनुसन्धानका क्रममा मानवअधिकार, कानुनी प्रक्रिया र प्राकृतिक न्यायका सिद्धान्तलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

स्मरणीय छ, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा तनाव, झडप, आगजनी र सुरक्षाकर्मीको दमन भएको भन्दै सरकारमाथि चौतर्फी आलोचना भएको थियो । त्यसपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सर्वोच्चको यस फैसलासँगै आयोगले आफ्नो कामलाई थप गति दिने र घटनाको निष्पक्ष छानबिन अघि बढाउने बाटो खुलेको कानुन व्यवसायीहरूको प्रतिक्रिया छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११