१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रोटरी क्लब अफ सेन्ट्रलको नवौं पदस्थापन



बुटवल । विश्वकै एक मात्र पृथक रोटरीको रुपमा स्थापित रोटरी क्लब अफ सेन्ट्रल, बुटवलको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष दिनेशराज रेग्मीको टिमले एक समारोहकाबीच पदस्थापन सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनको उपश्थितीमा क्लबका आईपीपी गणेशप्रसाद अधिकारीले रेग्मीलाई बेल र गोङ हस्तान्तरण गरेका थिए भने क्लबको चाटर्ड सिर्टफिकेट चाटर्ड प्रसशडेन्ट एजाज आलमले प्रदान गरे ।

पदस्थापनमा बोल्दै डिष्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै छुटै पहिचानसहित सेन्ट्रल क्लबले स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहदै उल्लेख काम गरेको बताए ।

गर्भनर शेरचनले रेटरीले सञ्चालन गर्दै आएका परियोजनाका बारेमा बढिभन्दा बढि समाजमा प्रचारप्रसार गर्न सुझाव दिदै रोटरीले मिस नेपाललाई ब्राण्ड एम्बेसडर, मिस अर्थ, मिस नेपाल वर्डलाई समेटेर देश व्यापी प्रचार अभियानमा लाग्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सामाजिक सेवा भावले रोटरीले अगाडी बढाएका कार्यक्रममा राज्यले सहजिकरण गर्ने काम नभएको बताउदै त्यसलाई सुधार गर्दै जानु पर्ने धारणा व्यक्त गरे । उनले बुटवलमा सञ्चालनमा रहेको मुटु अस्पताललाई व्यवस्थित रुपमा चलाउने क्रममा देखिएका समस्याहरुको समाधान छिटै हुने विश्वास व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष एजाज आलमले सबैले गर्दै आएको कामभन्दा नयाँ ढंग र सोंचमा अगाडी बढ्ने उद्देश्यले क्लबको स्थापना गरिएको कुराले संस्थागत गर्न सफल भएको बताउदै रोटरीको नेतृत्वमा रिजन ५ ले दावी प्रस्तुत गर्ने समय आएको हुदा सबै क्लबलाई एक भएर अगाडी बढ्न आग्रह गरे ।

सो अवसरमा वर्ष २०२४÷२५ का अध्यक्ष रेग्मीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सनबारे धारणा राख्दै विगतको कामलाई थप व्यवस्थित र नयाँ ढंगले अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए । क्लबका आइपिपि अधिकारीले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद दिए ।

वर्ष २०२४÷२५ का अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता, मिनराज भारद्वाजको सञ्चालनमा भएको कार्यक्रममा इलेक्ट अध्यक्ष पुरन बहादुर ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, डिष्ट्रिक अफिसरहरुकोतर्फबाट पोलियो प्लस सव कमिटिका चियर ध्रुव धिताल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : १४ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा