२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपालगन्जमा एकैदिनमा फरक स्थानमा २ जना मृत अवस्थामा फेला



नेपालगन्ज । नेपालगन्जमा एकैदिन २ फरक स्थानमा २ जनाको बेवारिसे शव फेला परेको छ । फरक स्थानमा फेला परेको शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगन्ज १८ कारकाँदो स्थित ममता कुम्हारको धान खेतमा नामथर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेको मृतक व्यक्तिको हाल सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

गहुँकालो वर्णको, कालो कपाल भएको, सेतो टिसर्ट, कालो जिन्स पाईन्ट लगाएको उचाई ५ फिट ५ इन्च रहेको पुरुषको शव आज मध्यान्ह प्रहरीले बरामद गरेको हो ।

त्यसैगरि आजै नेपालगन्ज १८ कै सडक डिभिजन कार्यालयको खुल्ला जग्गामा अन्दाजी ७०/७१ वर्षको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भेटिएको मृतकको पनि नामथर र ठेगाना नखुलेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । कपाल फुलेको, आकाशी रङको टिसर्ट, भान्टा रङको जिन्स पाईन्ट, हरियो चप्पल लगाएको पुरुषको शवको फोटो सार्वजनिक गर्दै प्रहरीले पहिचान गरि सनाखत गरिदिन आम नागरिकमा आग्रह गरेको छ ।

आज फेला परेको दुबैशवको पहिचान खुल्न नसकेको डिएसपी डाँगीले बताए । फेला परेका दुबै शवलाई भेरी अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ५५ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा