२७ माघ २०८२, मंगलबार | February 11, 2026

एसीसी महिला टी-२० : ८ विकेटले भारतलाई हराउँदै श्रीलं‌काले चुम्यो उपाधी



काठमाडौं । श्रीलं‌कामा आयोजित एसीसी महिला टी-२० प्रतियोगिताको उपाधि आयोजक श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो । श्रीलंकाका लागि शमराविक्रमाले ५१ बलमा नटआउट रहँदै ६ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाइन् ।

यस्तै कप्तान चमारीले ४३ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट पारी खेलिन् । कभिसा दिलहारीले १६ बलमा १ चौका र छक्का प्रहार गर्दै नटआउट ३० रन बनाइन् भने ओपनर भीस्मी गुनाराथे १ रनमै रनआउट भएकी थिइन् ।

भारतका लागि दीप्ती शर्माले एक विकेट लिइन् । अन्य बलर श्रीलंकाली ब्याटरमाथि हावी हुन सकेनन् । त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रन बनाइन् । उनले १० चौका प्रहार गरिन् । यस्तै रिचा घोषले ३०, जेमीमाह रोड्रिजले २९, सेफाली वर्माले १६ र हरमनप्रीत कौरले ११ तथा उमा क्षेत्रीले ९ रन बनाउँदा पूजा भष्त्रकरले ५ र राधा यादवले १ रन जोडिन् ।

श्रीलंकाका तर्फबाट कभिसा दिलहारीले २, उदिक्षा प्रबोधनी, सचीनी निसासला र चमारी अथपथ्थुले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ५२ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा