२२ माघ २०८२, बिहिबार | February 5, 2026

आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट उठेन लक्ष्य अनुसारको राजस्व



नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगन्ज विगत २ वर्ष देखि लक्षित राजस्व असुल गर्न असफल देखिएको छ । ०७८/७९ मा १०४.८८ प्रतिशत लक्ष्य पूरा गरको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले आव ७९/८० र आव ८०/८१ मा भने राजस्वको लक्ष्य प्राप्त गर्न असफल देखिएको छ ।

नेपालगन्ज कार्यालयले आव ०७८/७९ मा ५ अर्व २२ करोड लक्ष्य पाएकोमा त्यसलाई पूरा गर्दै ५ अर्व ४७ करोड राजस्व असुली गरेको थियो । त्यस यताको २ वर्ष भने नेपालगन्जबाट राजस्वको लक्ष्य प्राप्त हुन सकेको छैन । आव ७९/८० मा नेपालगन्जलाई ७ अर्व ९६ करोड लक्ष्य प्राप्त भएकोमा ५ अर्व ९२ करोड असुल गर्दै लक्ष्यको ७४.३८ प्रतिशत मात्र सफलता प्राप्त गर्न सफल भएको थियो । आव ८०/८१ मा पनि नेपालगन्जबाट लक्ष्य प्राप्त गर्न कार्यालय असफल देखिएको छ । आव ८०/८१ मा नेपालगन्जलाई बिभागले ७ अर्व ६९ करोडको लक्ष्य दिएको थियो । तर नेपालगन्ज कार्यालयबाट ६ अर्व ४४ करोड राजस्व संकलन गर्दै ८३.७२ प्रतिशतमा चित्त बुझाएको छ ।

विगत २ वर्षमा स्वास्थ्य सेवा शिर्शकमा लक्ष्य भन्दा धेरै राजश्व असुली भएकोमा गत आवमा भने स्वास्थ्य सेवामा समेत लक्ष्य हासिल गर्न कार्यालय असफल भएको छ । ०७८/७९ मा १८०३ प्रतिशत स्वास्थ्य सेवामा राजश्व असुलेको कार्यालयले आव ०७८/७९ मा १७६ प्रतिशत र गत आवमा ६६.३३ प्रतिशत मात्र राजश्व असुली गरेको देखिएको छ ।

बजारमा देखिएको आर्थिक शिथिलता र आर्थिक मन्दीका कारण लक्ष्य हासिल गर्न नसकिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख सुदिश अर्यालले बताए । ठुला करदाताहरु बिभागबाटै भुक्तानी गर्ने र कारोबार बढ्ने घट्ने भएका कारण बिभागले तोक्ने लक्ष्यमा तलमाथी हुने गरेको बताउँदै अर्यालले आव ७९/८० मा लक्ष्यमा कमजोर देखिएपनि गत वर्ष तुलनात्मकरुपमा त्यसमा सुधार भएको बताए ।

प्रमुख अर्यालयका अनुसार नेपालगन्जमा सबै भन्दा बढी अन्तशुल्कबाट राजश्व असुली हुने गर्दछ । त्यसपछि भने आयकर र मुल्यअभिबृद्दी करबाट राजश्व उठने उनले बताए । सरकारले स्वास्थ्य सेवा कर खारेज गरेका कारण पुरानो बक्यौता मात्र उठ्ने गरका कारण स्वास्थ्य सेवा कर क्रमशः घट्दै जाने उनले स्पष्ट पारे ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ३५ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न