३० चैत्र २०८२, सोमबार | April 13, 2026

भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु



हनोई । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३ देखि ४७ वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो ।

विपद् अधिकारीहरुले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।

देशको उत्तरी भागहरूमा केही दिनदेखीको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सात जनाको मृत्यु भएको छ ।

गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तिमा १० जना कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ५४ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी