९ भदौ २०८३, मंगलबार | August 25, 2026

पूर्वाधारको प्रतीक्षामा सन्तानेश्वर



नेपालगन्ज । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुलीबत्ती नहुँदा दुःख कष्ट व्यहोर्नुपरेको मन्दिरका मूख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए ।

“यहाँसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन”, मुख्य पुजारी गुरु योगानन्द गिरीले भने, “गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको समेत व्यवस्था गर्न सकिएको छैन ।”

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ । पहाडको टाकुरामा सन्तानेश्वर मन्दिर रहेको छ । मन्दिरभन्दा करिब पाँच सय मिटर तल फुसले छाएको कच्ची छाप्रोलाई मन्दिरका मुख्य पुजारी गिरीले आश्रयस्थल बनाएका छन् ।

सन्तानेश्वरमा तत्काललाई खानेपानी, बिजुलीबत्ती र भक्तजनका लागि आश्रयस्थल अत्यावश्यक छ । सन्तानेश्वर मन्दिर क्षेत्रका पूर्वाधार विकासमा स्थानीय सरकारले सहयोग गर्न नसकेको पुजारी गिरीको भनाइ छ । साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको छ । सोमबारको दिनमा नेपालको बाँके, बर्दिया, दाङलगायत छिमेकीमुलुक भारतको टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेको पुजारी गिरीले जानकारी दिए ।

साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा युवायुवती दुःख कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने व्यवस्थित सडक नहुँदा कठिनाइ हुने गरेको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काम गरिने बताए । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्गको काम यसै आर्थिक वर्षमा सुरु गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : २६ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३