१६ असार २०८३, मंगलबार | July 1, 2026

सुमनाको प्रधानमन्त्रीलाई प्रश्न – ‘प्राज्ञले भन्दा राम्रो गर्नसक्छु भन्ने दम्भले नीति तथा कार्यक्रम रोकेको हो ?’



काठमाडौँ । पुर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको आरोप लगाएकी छन् ।

श्रेष्ठले विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको दस्ताबेज भएको भन्दै नीति तथा कार्यक्रम रोकेको प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले प्राज्ञले भन्दा राम्रो गर्नसक्छु भन्ने दम्भले नीति तथा कार्यक्रम रोकेको हो ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेकी छन् । उनले थप सोधेकी छन् – ‘विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ?’

प्रधानमन्त्रीको हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्ने समेत जिकिर गरेकी छन् । श्रेष्ठले नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ ? र के के हेरफेर हुन्छ आफुले हिसाब राख्ने समेत उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १२ : २५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी