१५ भदौ २०८३, सोमबार | September 1, 2026

देशभर २५ जनामा हैजा पुष्टि



काठमाडौं । देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा १६, काठमाडौँमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका छन् ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने घिमिरेले बताए ।

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावन हुने गर्दछ । हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनको साथै चर्पीको प्रयोग र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : २७ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,