१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

यसवर्षको बुटवल कोरा २०२४ बाट पत्रकार मनोरञ्जन शर्मालाई क्यान्सर उपचार सहयोग प्रदान



बुटवल । हरेक वर्ष एक सामाजिक उत्तरदायित्व निभाउँदै आएको बुटवल कोरा साईक्लिङको २०२४ सृङ्खलाले यसवर्ष पनि एकजना क्यान्सर उपचारमा रहेका पत्रकारलाई आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको छ । यसवर्ष आयोजना गरिएको बुटवल कोरा २०२४ ले क्यान्सरको उपचार गराईरहेका पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो ।

साईकलमार्फत पर्यावरण संरक्षण र पर्यटन प्रर्वद्धनसंगै सामाजिक कार्यको भावनाका साथ सम्पन्न कार्यक्रमबाट बचत भएको २५ हजार रुपैया पाल्पा जन्मस्थान भएका भैरहवाका क्रियाशिल पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई उपचारका लागि सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

एक बुटवलमा एक कार्यक्रम गरि बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरी, लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले कान्तिपुर पब्लिकेशन ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालमार्फत सहयोग रकम उपलब्ध गराएका छन् ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव चौधरीले साईकलमार्फत सामाजिक कार्यमा भुमिका देखाउन पाउदा खुशी लागेको बताए । उनले विगतदेखि हुँदै आएको कार्यलाई निरन्तरता दिदै कोराबाट सहयोग गर्ने प्रचलनलाई कायम राखिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले साईकल केवल मनोरन्जनमात्र नभई साहसिक खेल र पर्यटन प्रवद्र्धनको माध्यम बन्न सक्ने बताए । उनले साईक्लिङका लागि सरकारबाट पूर्वाधारको काम अघि बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारीले पर्यटनको हबका रुपमा रहेको लुम्बिनीमा साईकल अभियानबाट पर्यटन व्यवसायलाई टेवा पुर्याउन सकिने बताए । सामाजिक कार्यमा सधै अग्रसर रहेको साईकल कार्यक्रमबाट यसअघि एक जना मृगौला ट्रान्सप्लान्ट गरेकी भैरहवाका आयुषा पाण्डेलाई बुटवलको कार्यक्रमबाट नगद ४६ हजार रुपैया र नेपालगन्जको कार्यक्रमबाट १० हजार रुपैया सहयोग गरेको उनले स्मरण गरे ।

कार्यक्रममा ग्रुपका उपाध्यक्ष चन्द्र कान्त सुवेदीले यस वर्ष साईक्लिष्टहरुको उत्साहपूर्ण सहभागीता रहेको भन्दै कुल आय ३ लाख ४० हजार ५० रुपैया र ब्याय ३ लाख १५ हजार ५० रुपैया भई त्यसबाट बचत २५ हजार रुपैया शर्मालाई सहयोग गरिएको जानकारी दिए ।

जिटिए साईकल र मणिमुकुन्द कलेजको मुख्य प्रायोजनमा बुटवल साईकल ग्रुपको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्यमा बुटवल कोरा २०२४ सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ५३ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार