९ बैशाख २०८३, बुधबार | April 22, 2026

बुटवल कोरा २१ सम्पन्न



बुटवल । साईकलमार्फत पर्यटन प्रर्वद्धनको उदेश्यका साथ ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ शनिवार सम्पन्न भएको छ ।

‘स्वस्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रालि, देवदह मेडिकल कलेज, शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती युवा क्लब, सुरक्षित यात्रा अभियान नेपालको सहयोगको आर्थिक सहयोग तथा रुपन्देहीका चार वटा साईकल क्लबहरुको आयोजनामा कोरा सम्पन्न भएको हो ।

तिलोत्तमाको बनबाटिका तथा अनुसन्धान केन्द्रबाट शुरुभएको साईकलयात्रा योगीकुटी, मिलनचोक, देविनगर चौपारी, नयागाउ मुक्तिनाथ धाम, बुटवल जल विनायक गणेश मन्दिर, हाटबजार, राजमार्ग चौराहा, चरङ्गे, देवदह मेडिकल कलेज हुँदै पुनः बनबाटिकामा पुगेर सम्पन्न भएको छ ।

हिन्दु र बौद्ध धर्मानुसार शक्तिपिठलाई दाहिने पारि पवित्र मनका साथ साईकल यात्रा गरिने आयोजक साईकल सिटी बुटवलका अध्यक्ष विनोद कार्कीले बताए । यात्रामा सहभागी साईकल यात्रीहरुलाई विभिन्न धार्मिक, सास्कृतिक, संघसंस्थाहरुले भब्य स्वागत गरेका थिए । नयागाउस्थित मुक्तिनाथ धाममा पिठाधिस १००८ स्वामी लोकानन्द ज्यु, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा आचार्य, उपाध्यक्ष दयाराम न्यौपाने, प्रचारप्रसार समितिका संयोजक गोपाल पाण्डेले साईकल यात्रीहरुलाई शान्ति होमन गरि प्रसाद वितरण गरि स्वागत गरेका थिए ।

यसैगरि बुटवल दुर्गामन्दिरमा श्री तिलोत्तमा मैजु खलले नेवारी परम्परा अनुसार धिमी बाजा र जुसपानी पिलाएर साईकलयात्रीहरुलाई स्वागत गरेका थियो । यसैगरि चरङेमा युवाहरु कृष्ण अर्याल, विश्वास गुरुङहरुको समुहले तथा देवदह मेडिकल कलेजमा कलेजका अस्पताल निर्देशक डाक्टर विक्रम ज्ञवाली, देवदह नगरपािलका वडा नं. ९ का अध्यक्ष केशव भट्टराई, तरुण दल देवदहका अध्यक्ष मोहन बहादुर जिसी, मेडिकल कलेजकी मेट्रोन सिमा काफ्ले, रेकर्डपर्सन मधु भण्डारीसहित स्थानियले स्वागत गरेका थिए ।

मेडिकल कलेजले साईकल यात्रीलाई प्रोत्साहन गरेकोमा बुटवल यूनाईटेड, तिनाउ साईकिलिङ्ग, बुटवल साईकिलिङ्गको तर्फबाट कार्यक्रम संयोजक किरण श्रेष्ठले धन्यबाद गर्दै सबैको साथ निरन्तर दिन आग्रह गरे । साईकल यात्रामा रुपन्देहीका १ सय ५० बढीको सहभागिता रहेको थियो । तिलोत्तमा र बुटवलका धार्मिक, पर्यटकिय स्थलहरु समाबेश भएको रयाली करीब ५० किलोमिटर दुरी यात्रा पार गरेका थिए ।

कार्यक्रमममा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, तिनाउ साईकल क्लब, बुटवल साईक्लिङ ग्रुपको संयुक्त आयोजनामा शनिबार तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रबाट शुरु हुने साईकल सिटि बुटवलका अध्यक्ष बिनोदजंग कार्कीले बताए ।

विश्वभर जुलाई १७ गते एकै दिन कोरा गरिने भन्दै उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको बताए । दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईकल क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ, बुटवल साईकल क्लबका अध्यक्ष शिवशंकर चौधरी, साईकल सिटीका मनिक बिश्वकर्माले युवाहरुलाई एकतावद्ध गराउदै सामाजिक कार्यमा अग्रसर गराउन साईक्लिङ एउटा माध्यमका रुपमा रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : १० बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन