१७ माघ २०८२, शनिबार | January 31, 2026

पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा कायमै



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया १८ स्वर्ण, १२ रजत र ११ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १७ रजत र २१ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १७ रजत र २० काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १२ स्वर्णसहित ६ रजत र १३ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ८ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ९ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र युक्रेनले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, स्पेन, क्रोसिया, क्युबा, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, जमैका, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, थाइल्याण्ड, ग्रिस. दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चिली, इरान, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, बहराइन, चिली, डोमिनिका, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, मोरक्को, नर्वे र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, अर्मानिया, मेक्सिको, इथोपिया, काजकिस्तान, टर्की, लुथियाना, कोसोभो, ट्युनिसिया, कोलोम्बिया, साइप्रस, फिजी,  मंगोलिया, भारत, ताजकिस्तान, डोमिनिकन रिपब्लिक, मलेसिया, मोलडोभा, अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, पेरु, पोर्चुगल, स्लोभाकिया र जाम्बिया रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : १७ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक