१ पुस २०८२, मंगलबार | December 16, 2025

देव पाटामगर स्मृति पत्रकारिता पुरस्कारबाट गाहा सम्मानित



बुटवल । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिका पुरस्कार प्रदान गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित समारोह बीच गाहालाई गाहालाई ११ हजार १११ रुपैया नगद राशीसहित सम्मान गरिएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको बताए । उनले भाषा, संस्कार, संस्कृतिको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने बताउँदै बुटवल उपमहानगरले बुटवल क्षेत्रमा रहेका जातीय, भाषिक र सांस्कृति संरक्षणको लागि काम गरेको दाबी गरे । उनले बुटवल उपमहानगरले यस वर्ष ३ वटा जातीको भाषा किताव प्रकाश गरेको बताउँदै बाँकी रहेकाको आगामी वर्ष प्रकाशन गर्ने बताए ।

सम्मानित भएका पत्रकार गाहा २ दशक लामो समयदेखि यस पेसामा आवद्ध रहेका छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनीका ईन्चार्ज हुन् । स्वर्गीय पाटा मगर फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।

कार्यक्रममा बोल्दै फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेल लगायतले समावेशीताका लागि सञ्चारकर्मीले कलम चलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा फोनिज स्मारिकाको समेत विमोचन गरिएको छ । फोनिज रुपन्देहीका कोषाध्यक्ष मिन रानाको स्वागत र सचिव राज चौधरीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता सोनु थापाले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : २३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष