२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई



काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो । त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।

बंगलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो ।

मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो । युनुस बाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो ।

यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो ।

त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा मुद्धा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाइ पाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ४७ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्