१३ माघ २०८१, आइतबार | January 26, 2025

बुटवलमा बन्यो उजिरसिंह फल्चा (फोटो फिचरसहित)



बुटवल । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ ।
बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए ।

‘नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको हो, उनले भने-अरु जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरु, विश्रामस्थलहरु निर्माण गरिनेछ ।’

उनले बुटवलमा सार्वजनिक स्थलहरुमा विश्रामस्थलहरु, शौचालय, पिउने पानीको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताए । बुटवलका मुख्य स्थलहरुमध्ये बसपार्कलाई सुधार गर्ने, मुख्य चोक चौराहाहरुमा उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने, मुख्य सडकहरुको दायाँबायाँ हरियाली बनाउने जस्ता कामहरु निरन्तर भइरहेको उनले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्नयोग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गर्ने बताइन् । उनले बुटवललाई सबै जातजातिको अपनत्व हुने गरी संरचनाहरु निर्माण भएको बताइन् ।

नगर प्रवक्ता शिव राना र वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए ।

फोटो फिचर

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ३१ बजे

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५