१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मोवाइल संघ रुपन्देहीको अध्यक्षमा शिवदेव अर्याल



बुटवल । मोबाइल ब्यवसायीहरुको संस्था बुटवल मोवाइल संघ रूपन्देहीको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी कार्यकालका लागि शिवदेव अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटनसत्रमा बोल्ने वक्ताहरुले मोवाइलको सहि सदुपयोग गर्नुपर्ने औंल्याए । उनीहरुले मोवाइलको दुरुपयोग भए जीवन नै समाप्त हुन सक्ने भन्दै साइबर सुरक्षालाइ ध्यान दिन आग्रह गरे ।

सभाको उदघाटन गर्दै नेपाल मोवाईल महासंघका कार्यबाहक अध्यक्ष श्यामसुन्दर नगरकोटीले देशभरका ब्यबसायीलाइ एक बनाएर अघि बढ्ने र ब्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारलाइ दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।

संघका रुपन्देही अध्यक्ष बिष्णु ज्ञवालीले आफ्नो कार्यकालमा संस्थाको जग बसेको बताउँदै अब नियमित काम गरेर संघलाइ थप स्थापित बनाउने जिम्मा नयाँ साथीहरुको काँधमा पुगेको बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी बिजयराज पण्डितले मोवाइल संबेदनशील डिभाइस भएकाले सजग भएर चलाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल मोवाईल महासंघका सहकोषाध्यक्ष लभ श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, रूपन्देही बिद्युतिय ब्यवसायी संघका अध्यक्ष शान्तराज खनाललगायतले ब्यबसायीका हक हितका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

सो अवसरमा खेलाडी कृतिका मरासीनी तथा सहयोगी ब्याक्तित्वहरु, संघका नयाँ सदस्यहरुलाइ समेत सम्मान गरिएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि शिवदेव अर्यालको अध्यक्षतामा आजै नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विकास गौतम, उपाध्यक्षमा दिपेन्द्र पाण्डे ,महासचिवमा सालिक राम क्षेत्री ,कोषाध्यक्षमा भुवन पाण्डे, सचिवमा पुरुषोत्तम खनाल ,साथै सह कोषाध्यक्षमा ऋषिराम न्यौपाने ,लगायत कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छ्न् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : २३ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा