२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आधा घण्टाको वर्षामा बुटवलको अमरपथ जलमग्न, अधिकांश पसलमा भेल पस्यो



बुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन् ।

पानीको नियमित निकासको बाटो थुनिएपछि नालाको पानी बजारमा पसेको स्थानीयबासीले बताएका छन् ।

उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ । टेलिकमदेखि अमरपथका मुख्य बजारका अधिकांश पसलहरुमा पानी पसेको छ ।

बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति बारे तथ्याङ्क संकलनको काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो । स्थानीयले नालीमा चेकजाँच तथा सफाई गरेपछि भने डुबानको सतह घटेको छ ।

लेदोसहितको बाढी बजारमा पस्दा आवागमन समेत प्रभावित बनेको छ । उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ ।

बैशाख ३० गते परेको वर्षाले सो क्षेत्रमा लेदो सहितको भेल पस्दा व्यवसायीको मालसमानमा नोक्सान पुर्याएको थियो ।

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो

तस्वीर सौजन्य : रितु राजभण्डारी

 

तस्वीर सौजन्य : रितु राजभण्डारी

भिडियो

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले